Websoft University

मानव बेचविबखन र साइबर ब्युरोका लागि आवश्यक उपकरणको खरिदको कार्य हुदै,


काठमाण्डौ बैशाख ११ गते । रातो तारा डट कम,नेपाल प्रहरीले अव देखि एक प्रहरी चौकी–एक सवारी साधानको अवधारणा ल्याएको जनाएको छ । सोही कार्यक्रमका लागि विभिन्न प्रहरी कार्यालयहरुलाई ५ सय वटा मोटरसाइकल वितरण गरिएको समेत जनाएकोछ ।

अपराधको सूचना आएलगत्तै घटनास्थलमा पुग्न सहज होस् भनेर प्रहरीले नयाँ अभियान थालेको हो । अभियानअन्तर्गत पहिलो चरणमा ५ सय वटा मोटरसाइकल वितरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो । 

थप तीन सय ४० वटा मोटरसाइकल खरिद गरिएकोछ । सवारी कारगेड मोटरसाइकल पनि ३० वटा खरिदका लागि सम्झौता भएको पनि उहाँले जानकारी दिनुभयो । सुवेदीले हरेक प्रदेशमा पानीको फोहोरा हान्ने गाडीको व्यवस्थापनको कार्य पनि भइरहेको बताउनुभयो ।

नयाँ स्थापना गरिएका मानव बेचविबखन र साइबर ब्युरोका लागि आवश्यक उपकरणको खरिदको कार्य पनि भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.