Websoft University

वंशजको आधारमा नागरिकता दिने गृहमन्त्रीको परिपत्रले विवाद बल्जायो–नागरिक्ता बिधेक खारेजीको माग राख्दै ठाउ - ठाउमा आन्दोलनहरु सुरु


काठमाण्डौ चैत २५ गते । रातो तारा डट कम, गलत तरिकाले बिना प्रमाण दोहोरो नागरिक्ता जनताले सरकार प्रति असन्तुष्टि जनाउदै छानबिनको जनताले सरकार संग माग राख्दै आएका बेला एकासी, गृह मन्त्रालयले विगतमा जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई बिचारै नगरी वंशजको आधारमा नागरिकता दिन ७७ वटै जिल्लालाई परिपत्र गरे पछि बिरोध सरुप यो विषयमा विवाद देशैभरी चर्किन थालेको हो । 

संसदको राज्य व्यवस्था समितिमा कानूनको मस्यौदामाथि छलफल भइरहेका बेला मन्त्रीस्तरीय निर्णयबाट नागरिकता दिने निर्णयका विषयमा विभिन्न टिप्पणी गरिएको छ । सार्वभौम संसदले कानून बनाउने गरि राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथि छलफल जारी छ । आमाको नामबाट नागरिकता दिन समिति एकमत छ भने  बाबुको पहिचान नखुलाएर आमाको नाममा नागरिकता दिन सकिनेमा पनि सहमििन सहमति छ ।

तर नेपाली आमा र विदेशी बाबुबाट जन्मेका सन्तानलाइ वंशज वा अंगीकृत कुन प्रकृतिको नागरिकता दिने भन्ने सहमति नजुट्दा भने समस्या भएको  गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सीआईएनसँग बताउनु भयो । सरकारले सर्वोच्च अदालतबाट नागरिकता दिन भएको आदेश तथा संविधानको समेत व्यवस्थालाई हेर्दै नागरिकता प्रदान गर्न भनिएको छ ।

सरकारले त्यसको गलत व्याख्या गरेको संविधानविद डाक्टर चन्द्रकान्त ज्ञवालीले तर्क गर्नुभएको छ । सार्वभौम संसदमा विचाराधीन विषयमा मन्त्रालयले निर्णय गरी परिपत्र गर्दा झन् धेरै जटिलता आउन सक्ने सांसदहरुले बताइरहेका छन् । यो निर्णयले फेरी गैरनागरिकले नागरिकता पाउने कुरालाई प्रशय दिएको पुर्व गृहमन्त्री भिम रावलले सीआईएनलाई बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.