शिव भट्टराई सुनसरी बैशाख ९ गते । मुस्लिम समुदायको हक हितको संरक्षण, सम्वद्र्धन र सशक्तिकरण सम्बन्धि मुस्लिम आयोगको आयोजनामा सुनसरीको इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
करिब ५ प्रतिशत हिस्सा ओगटेको मुस्लिम समुदायको बिकास र बिस्तारको सवालमा सरोकारवालाहरु संग जवाफ माग्ने उद्धेश्य सहित अन्तरक्रिया कार्यक्रमको आयोजना भएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्बर प्रदेशका मुख्य
शेरधन राइले सरकारले जातिय अधिकार प्रधान गर्न सो कुरा
संबिधान मै लेखिएको छ, हामी सबै लागिपरेका छोै भन्नुु भयो।
कार्यक्रममा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मुस्लिम समुदायले आफ्नो हक र अधिकारको बारे अन्तरक्रिया गर्नु पनि समुदायको बिकास भएको बताए । सबैलाई समान अधिकार नेपालको संबिधानले प्रदान गरेको हुदा कसैलाइ पनि भेदभाव नहुने र त्यसको लागी आफ्नो पक्षबाट पहल रहने बताए ।
कार्यक्रम मुस्लिम आयोगका केन्द्रिय अध्यक्ष समिम अन्सारीको अध्यक्षतामा भएको थियो ।
Post a Comment