Websoft University

कुम्भमेलाका लागि बाटो मर्मत अपर्याप्त


शिव भट्टराई सुनसरी बराहक्षेत्र-चैत २२ गते । रातो तारा डट कम, प्राचीन हरिद्वार चतराधाममा भोलिबाट १ महिना सम्म लाग्ने अर्ध महाकुम्भ मेला लाग्दैछ । तर उक्त मेला आवतजावतका लागि मुख्य बाटाहरुनै जिर्ण छन् ।

मेला सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओली बाट समुदघाटन हुन गइरहेको छ ।  सो मेलामा लाखौ भक्तजन आउने अनुमान लगाइएको छ । कान्छी चौक बाट कालाबन्जर हुँदै चतरा पुग्ने बाटो निर्माण क्रममा भएको हुदा यातायातका लागि असहज नै छ ।

अर्को बाटो झुम्काबाट सिंचाइको नहर डिल हुँदै चतरा जाने बाटो निकै खाल्डा खुल्डी रहेको छ । आज बाट बराहक्षेत्र नगरपालिका एरियामा  गिट्टि बोक्ने काम भइरहेको छ । भोलिबाट सयौ सवारी कुद्ने बाटो मर्मतमा किन सुस्तता ? तत्काल बाटो ग्रेडेर लगाएर सहज बनाउनु जरुरी देखिन्छ ।

यो अवस्थामा त्यसै पनि बाटो आसपासका जनता , साइकल , मोटरसाइकल , पैदलयात्री धुलोको मारमा पर्नेछन् । यो १ महिना सम्म सवारी साधनहरु कुद्ने बाटोमा पानी छिट्ने काम नगरपालिकाले गरिदियोस भन्ने जनताको अपेक्षा रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.