विराटनगर बैशाख ८ गते । रातो तारा डट कम,प्रदेश न.१ का प्रदेश प्रमुख प्रा.डा.गोबिन्द बहादुर तुम्वाहाङले प्रदेश सभा सचिवालय समवन्धमा व्यवस्था गर्न बनेको विद्येयक—२०७६ प्रमाणिकरण गरेका छन ।
आईतवार प्रदेश प्रमुखको कार्यालयमा प्रमुख तुम्वाहाङले यो विद्येयक प्रमाणिकरण गरेका हुन । प्रमाणिकरण पछि प्रदेश सभाबाट पारित भएका विद्येयकको कुल संख्या २५ पुगेको छ ।
प्रदेश सभाको काम कार्वाही सुचारू र व्यवस्थापन गर्न संविद्यानको धारा १९५ बमोजिम कानूनी व्यवस्था गर्न बान्छनीय देखिएकोले धारा १७५ बमोजिम प्रदेश न १ को सभाले ऐन बनाई प्रमाणिकरणको लागी पेश गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले बताए
विद्येयकको प्रमाणिकरण पछि सभामुखलाई प्रदेश सचिव नियूक्ती गर्न बाटो खुल्ला भएको छ । प्रदेश सचिव नियुक्तीको लागी सभामुखको सिफारिसमा प्रदेश प्रमुखले गर्ने कानूनी व्यवस्था छ । नियुक्ती हुने प्रदेश सचिव प्रमुख सचिवसरह रहने छन ।
२९ दफा रहेको विद्येयकमा सचिवालयको प्रशासकीय प्रमुखको रूपमा प्रदेश सचिव रहने व्यवस्था छ । सचिवले प्रदेश सभा र सचिवालयको बार्षिक बजेट तयार गर्ने , आर्थिक , प्रशासनिक समवन्धि आवश्कय काम गर्ने र सचिवालय र अन्य निकायसँग आवश्यक समन्व्य गर्ने उल्लेख छ ।
सभामुखले प्रदेश सभामा १ जना सचिव नियुक्ती गर्न पाउने संविद्यानमै व्यवस्था भएअनुसार सभाबाट कानून निर्माण गरि प्रमाणिकरणको लागी पेश गरिएको हो ।
Post a Comment