झापा, वैशाख ४ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले मंगलवार अन्दाजी १ लाख ६४ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलि गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ७५ हजार मूल्य बराबरको बिभिन्न किसिमका कपडा ६० हजार मूल्य बराबरको हार्डवेयरका सामान र रंग, १० हजार मूल्य बराबरको बिस्कुट-२ कार्टुन, सुर्ती-१ किलो र नेपालबाट भारत तर्फ लैजाँदै गरेको स्याउ ३ कार्टुन, खुकुरी चुरोट-१० बण्डल बरामद गरेको थियो । बरामद सामान आज मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Post a Comment