Websoft University

तराइको वारा र पर्साका हुरी प्रभावित जनतालाइ राहतको घोषणा गर्नेहरुको अहिले ओहिरो लाग्न थालेकोछ,



काठमाण्डौ चैत २० गते । रातो तारा डट कम, हावाहुरी प्रभावित बारा र पर्साका नागरिकलाइ भेट्ने र राहत घोषणा गर्नेहरु यस बेला तराइमा अईरोनै लाग्न थालेकोछ ।

प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा पनि हावाहुरी प्रभावित फेटा गाउँपालिका पुगेर प्रभावितहरुलाई स्थलगत पुगेर भेट्नु भएको छ । काँग्रेसको तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा पनि उहाँले गर्नुभएकोछ ।

केन्द्र सरकारको उपस्थित कम देखिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । यस्तै, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा पनि गर्नुभएकोछ ।

बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५÷५ लाख रुपैयाँ दिने घोषणा गर्नुभएकोहो । यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश २ को बारा र पर्साका आँधी, हुरी प्रभावितहरुका लागि एक करोड सहयोग गर्ने घोषणा गरिसकेकोेछ ।

मन्त्रिपरिषद् बैठकले तराइमा आएको आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको हो । यस्तै, प्रदेश नम्वर ३ सरकारको सरकारले बारा, पर्सा लगायतका आँधीबेहरी पीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेकोछ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.