काठमाण्डौ बैशाख ११ गते । रातो तारा डट कम,नेकपाका केन्द्रीय सदस्य युवराज भट्टराईले रौतहट जिल्ला सचिव पद अस्विकार गर्नुभएको छ । सत्तारुढ दल नेकपाका जिल्ला सचिवको जिम्मेवारी पाउनु भएका भट्टराई सहितका ७ जना नेताले जिम्मेवारी अस्विकार गरेकाहुन ।
्नेता भट्टराईले अध्यक्ष पुष्पकमल दाहाललाई रौतहट जिल्लाको पदिय जिम्मेवारी अस्विकार गर्ने जानकारी दिनु भएको जनाइएको छ । नेकपामा ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाउँदा ७ जना जिल्ला अध्यक्ष र ८ जना जिल्ला सचिव केन्द्रिय समितिबाट परेको जनाइएको छ । सचिव भटटराईले ११ गते नै अध्यक्ष दाहाललाई लिखित रुपमा नै असहमति पत्र बुझाउनु भएको बताएका छन् ।
Post a Comment