Websoft University

नागरिकता विधेयकको व्यापक विरोध - संघर्ष समन्वय समिति नेकपा (माले)ले हस्ताक्षर अभियान नै सुरु गर्यो


शिव भट्टराई सुनसरी चैत २२ गते । रातो तारा डट कम,
नेकपा मा.ले ले नेपाल भरी हस्ताक्षर अभियान मनाउने क्रममा बिहीबार सुन्दरहरैचा-७ को गछियामा विरोध स्वरूप हस्ताक्षर अभियान सम्पन्न गरेको छ।संघीय संसदमा प्रस्तुत र सम्बन्धित संसदीय समितिमा छलफल भइरहेको "नागरिकता ऐन-२०६३ को संशोधन विधयेक-२०७५" फिर्ता गर्ने जनमत र जनदवाव सृजना गर्नको निम्ति नेकपा मा.लेद्वारा यो अभियानको आयोजना गरिएको हो।

हेर्दा हेर्दै केहि वर्ष भित्र रैथाने मधेसी , पहाडी र हिमाली नेपाली नागरिकहरु किर्ते नेपाली नागरिकहरुको तुलनामा अल्पमत पर्ने छन् र देशले फिजी वा सिक्किमको दुर्दशा ब्याहोर्नु पर्ने भएकाले यस्तो संशोधन बिध्य्यक-२०७५ को विरुद्ध यस अभियानको आयोजना गरिएको हो।

नागरिकता विधेयक विरोधी संघर्ष समन्वय समिति नेकपा ( माले ) द्वारा विरोध स्वरूप विहीबार आयोजना गरिएको यस अभियानमा १० लाख भन्दा बढी हस्ताक्षर गरी १ नं प्रदेशका मुख्य मन्त्री शेर धन राईलाई बुझाउने कुरा आयोजकले बताएको छ।सो अभियान चैत्र र बैशाक भरी संचालन गर्ने र जेष्ठ महीना सम्ममा १ नं प्रदेशको मुख्य मन्त्रीको कार्यलयमा बुझाउने कुरा नागरिकता विधेयक विरोधी संघर्ष समन्वय समिति नेकपा (माले) ले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.