काठमाण्डौ बैशाख ८ गते । रातो तारा डट कम,,देश भरीका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम लगातार तीन दिन सम्म खुवाइयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्तर्गत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन गरेको हो । मन्त्रालयका अनुसार शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा पनि वितरण गरिँदैछ । प्रत्येक वडा–वडामा दुई वोटा बुथ राखेर स्वास्थ्यकर्मीद्वारा भिटामनि ‘ए’ र जुकाको औषधि पनि खुवाइँदैछ ।
Post a Comment