Websoft University

दश दिनको म्याद हिएर उजुरी आह्वान


काठमाण्डौ चैत २१ गते । रातो तारा डट कम,संसदको सार्वजनिक सुनुवाई समितिले सर्वोच्च अदालतका लागि सिफारिस गरिएका ५ जना न्यायाधीशविरुद्ध उजुरीका लागि सबै संग सार्वजनिक सुचनाको आह्वान गरेको छ ।

समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्माविरुद्ध उजुरीका लागि १० दिनको समय दिएको छ । 

उजुरीका लागि दिएको समयसिमा सकिएपछि थप प्रक्रिया अगाडी बढाईने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । गएको मंगलबार बसेको न्यायपरिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश ढुंगाना, उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीश माथेमा तथा बरिष्ठ अधिवक्ता रेग्मी, फुयाँल र शर्माको नाम पनि न्यायाधीशका लागि सिफारिस गरेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.