शिव भट्टराई -सुनसरी, चैत १९ गते । रातो तारा डट कम,
सप्तकोशीमा नेपाली प्राविधिकहरुले बनाएको पहिलो जेटबोटको सफल परिक्षण पश्चात् संचालन शुरु भएको छ । हाल सम्म यहाँ संचालनमा आएका सबै बोटहरु विदेशबाट ल्याइएका हुन् ।
सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन प्रा लि ले भने
नेपाली इन्जिनियरहरु सुमन खत्री र लेखराज रिजालको नेतृत्वमा मोरङको सुन्दरहरैचामा निर्माण गरेको संचालक
जिवन रेग्मीले बताए ।
नेपालमा जल यातयातको निकै सम्भावना रहेको हुँदा नेपाली इन्जिनियर हरु बाटै आफ्नै देशमा वोट निर्माण गर्नु गौरवको कुरा रहेको अर्का संचालक राजेन्द्र कार्कीले बताए ।
जेटवोट अहिले चतराको कोशी पुल बाट भोजपुर तथा धनकुटा जोड्ने सिम्ले सम्म नियमित संचालन शुरु भएको छ।
यसको क्षमता भने ३० जना सम्म रहेको चालक क्याप्टेन वीर साहले बताए । क्याप्टेन साह निकै अनुभवी हुन उनी यो क्षेत्रमा लागेको २० बर्ष पुगिसकेको बताउछन् ।
Post a Comment