Websoft University

नेकपाको सचिवालय बैठक बस्दै


काठमाण्डौ बैशाख ८ गते । रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दै छ । एकता प्रक्रिया टुङ्ग्याउन भन्दै सचिवालय बैठक बस्न लागेको हो  ।  साँझ ६ बजेका लागि सचिवालय बैठक डाकिएको छ । त्यसअघि दुई अध्यक्षले छलफल गर्ने नेताहरुले बताएका छन् । काठमाण्डौंको राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा नेकपाका अध्यक्षले आज नै एकताको बिषय टुङ्गो लगाउने बताउनुभयो । यसअघि आजै बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष  केपी शर्मा ओली, दाहाल,बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.