शिव भट्टराई सुनसरी चैत २४ गते । रातो तारा डट कम,
नेपालकै नमुनाको रुपमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घघाटन गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले देशकै महत्वपूर्ण धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकसित हुने सम्भावना बोकेको विराट क्षेत्रलाई पर्यटकिय सुविधाका अन्य पूर्वाधारहरुको विकास गरिनु पर्ने बताउनु भयो ।
राष्ट्रपति विद्या देवी भण्डारीले विद्धान विद्युषीहरुको पवित्र तपोभूमि यस पूर्व क्षेत्रमा रहेका धार्मिक तथा साँस्कृतिक पक्षको विकासमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताउनु भयो । उद्घघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विराटक्षेत्रमा अवस्थित मन्दिरले नेपालकै धार्मिक महत्व बढाएको बताउनु भयो ।
सुनसरी र मोरंग जिल्लाको किनारमा रहेको बुढिगंगा मुक्तिघाट संगै श्रीकृष्ण प्रणामी मन्दिरको निमार्णले बिभिन्न आन्तरिक तथा बाह्य धार्मीक प्रर्यटनको आगमनमा बृद्धि हुने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि लालवाबु पण्डितले बताउनु भयो ।
मन्दिर उद्घाटन समारोहमा मुख्यमन्त्री शेरधन राई, प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि लालवाबु पण्डित महिला बालबालिका मन्त्री थममाया थापा मगर, लगायतले बोल्नु भएको थियो । मन्दिरको निमार्णमा करिब ७ करोडको लगानी लागेको छ भने मन्दिरको गजुर ३० तोला सुनबाट निर्माण भएको छ ।
यो महोत्सवमा करिब २० हजार भन्दा बढि धार्मीक पर्यटकको आगमन हुने अपेक्षा गरिएको छ भने १० हजार भन्दा बढिलाई आवसियको व्यवस्था noगरिएको छ । विभिन्न दाताबाट प्राप्त सहयोग तथा चन्दा संकलन गरी मन्दिर निर्माण गरिएको वृहत्तर मुक्तिधाम विकास समितीका अध्यक्ष हेम घिमिरेले जानकारी दिनुभयो ।
Post a Comment