काठमाण्डौ चैत २५ गते । रातो तारा डट कम,रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ९ मा निर्माणाधिन खानेपानी आयोजनाकोे काम अन्तिम चरणमा पुगेको कुरा समचारमा जनाएकोछ ।
वडाको बिकट वस्तिको रुपमा लिईने न्याउली बजार र ओखरबारीका स्थानियबासीहरुले वर्षौं देखि भोग्दै आईरहेको खानेपानीको समस्यालाई ध्यानमा राखी उक्त आयोजना सुरु गरीएको थियो ।
चौरजहारी नगरपालिकाको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७४÷७५ मा लिफ्ट प्रविधिबाट खानेपानी आयोजना निर्माणको काम सुरु गरिएको वडा अध्यक्ष महेश स्वर्णकारले जानकारी दिनुभयो । करिब ४० लाखको लागतमा निर्माण भईरहेको आयोजनाबाट स्थानीय ५० घरधुरी लाभान्वित हुनेछन् ।
Post a Comment