शिव भट्टराई-सुनसरी चैत २१ गते । रातो तारा डट कम,
सुनसरीको इटहरीमा अवस्थित जनता नमूना माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुने भएपछि फारम भर्ने विद्यार्थीको लर्को लागेको छ ।
उक्त विद्यालयमा शैक्षिक सत्र २०७६ देखि अंग्रेजी माध्यमबाट पढाइ हुने सूचना सार्वजनिक भएपछि फारम भर्ने विद्यार्थीको लर्को लागेको हो । यो शैक्षिक सत्र (२०७६) मा २ सय ४० विद्यार्थीको कोटा भएपनि फारम भर्ने विद्यार्थीको संख्या भने ९ सय ६ पुगिसकेको छ ।
कक्षा ४ देखि ९ सम्म अंग्रेजी माध्यमबाट निःशुल्क पढ्न पाउने भएपछि फारम भर्ने विद्यार्थीहरु प्रदेश १ का जिल्लाबाट मात्र हैन प्रदेश २ का जिल्ला सप्तरी र सिराहबाट पनि आएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कांशीनाथ दङ्गालले जानकारी दिए । संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, भोजपुर, उदयपुर, धनकुटा, ताप्लेजुङ्ग, ओखलढुङ्गा, खोटाङ्ग घर भएका विद्यार्थीलेसमेत प्रवेश परीक्षाकालागि फारम भरेको जनता माविका सहायक प्रधानाध्यापक राजनकुमार ढकाललेबताए । ढकालकाअनुसार सुनसरी, मोरङ, झापाबाट विद्यार्थीहरुले प्रवेश परीक्षा फारम भरेका छन् ।
फारम भर्नेहरु अधिकांशले निजी विद्यालय छाडेर आएको देखिन्छ । निजी विद्यालयले महंगो शुल्क लिने गरेकाले पनि निजी विद्यालय छाडेर सामुदायिक विद्यालय रोज्नेको संख्या बढेर गएको हो । अझ संघिय सरकारले इटहरीको जनता माविलाई नमूना बनाउने भएपछि यहाँ पढ्न धेरै भन्दा धेरै विद्यार्थीले रुची देखाएका हुन् । यसरी निजी विद्यालय छाडेर आउने विद्यार्थीहरुका अभिभावक प्रायःजसो सरकारी कर्मचारी, वकिल, स्वास्थ्य सेवामा कार्यरत रहेका छन् ।
यो विद्यालयले १ कक्षादेखि ५ कक्षासम्म पनि अंग्रेजी विषय थप गर्ने भएको छ । नेपाली माध्यममा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने यस विद्यालयको योजना रहेकोले अंग्रेजी माध्यमको कोटामा बढी भएका विद्यार्थीले नेपाली माध्यममा भर्ना हुनसक्ने विद्यालय प्रशासनले जानकारी दिएको छ । २३ गते हुने प्रवेश परीक्षाकालागि केन्द्र भने तीन ठाउँमा तोकिएकोछ । कचना महादेवा मावि इटहरी–४, जनता माविकै अंग्रेजी माध्यमकै ब्लक र नेपाली माध्यमको ब्लकमा प्रवेश परीक्षा हुनेछ ।
यो विद्यालयको स्तर बृद्धिका लागि इटहरी उपमहानगरपालिकाबाट ८ लाख, प्रदेश १ सरकारबाट ६ लाख ५० हजार, संघिय सरकारले ३९ करोड बजेट विनीयोजन गरेका छन् ।
अब नयाँ शैक्षिक सत्र सुरु हुन साथ स्नातकोत्तर उत्तिर्ण गरेका शिक्षकले पठन–पाठन गराउने छन् । स्मार्ट बोर्ड र प्रोजेक्टर प्रयोग गरेर डिजिटल प्रबिधिमा पढाई हुनेछ । सबै कक्षा कोठाहरुमा वाइफाइ जोडिने साथै बिद्यालय बसको ब्यावस्था हुने अध्यक्ष दङ्गालको भनाइ छ ।

Post a Comment