Websoft University

उद्योग संगठन मोरंङ र मोरंङ व्यापार संघले बाल शिक्षाका लागि १६ थान डेक्स, वेन्च हस्तान्तरण गर्यो


बिराटनगर चैत १८ गते । रातो तारा डट कम,
उद्योग संगठन मोरंङ र मोरंङ व्यापार संघको स्थापना दिवशको अवसरमा दुवै संस्थाले घोषणा गरे अनुरुप आज मिति २०७५ चैत्र १८ गते, सोमवार कटहरी २ स्थित नेपाल ट्रेड युनियन कांग्रेसद्धारा संचालित अनौपचारिक वाल शिक्षालय मोरंग व्यवस्थापक समितिलाई १६ थान डेक्स, वेन्च हस्तान्तरण गरेको कुरा प्रेस विज्ञप्ति मार्फत जानकारी गराएकोछ ।

डेक्स,वेन्च हस्तान्तरण गर्दै उद्योग संगठन मोरंगका अध्यक्ष्ँ भीम घिमिरेले संगठनले सामाजिक उत्तरदायित्व वोध गरी शिक्ष्ँित समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यले सिमान्तकृत वर्गका वालवालिका अध्ययनरत आनौपचारिक शिक्षालयलाई डेक्स, वेन्च उपलब्ध गराउन पाएकोमा खुशि व्यक्त गर्नु भयो ।

उहा“ले संगठनले उपलब्ध गराएको डेक्स वेन्चले उक्त शिक्षालयमा अध्ययनरत वालवालिकालाई पठन पाठनमा सहजता आई शिक्ष्ाँ प्रतिको अभिरुचीमा थप वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो ।

मोरंग व्यापार संघका अध्यक्ष्ँ पवन शारडाले संगठन र संघको संयूक्त सहयोगले वालवालिकालाई शिक्षाको माध्यम उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने आशा व्यक्त गर्नु भयो ।

उहा“ले गास, वास र कपासमा सबैको अधिकार भए जस्तै शिक्षामा पनि सबैको पहुच हुने पर्ने वताउदै दुवै संस्थाले अनौपचारिक शिक्ष्ाँलयलाई प्रदान गरेको डेक्स वेन्चले अध्ययनरत वालवालिकालाई सहज अध्ययनमा टेवा पुग्ने वताउनु भयो ।

नेपाल ट्रेड युनियन मोरंगका जिल्ला अध्यक्ष्ँ सुशिल कोईरालाले संगठन र संघको आफ्नो वर्गिय दायित्व भन्दा माथि उठेर गरेको सहयोग प्रति आभार व्यक्त गर्दै सामाजिक उत्तरदायित्व वहन गरी मानविय सहयोग पु¥याएको खुशि व्यक्त गर्नु भयो ।

उद्योग संगठन मोरंग अध्यक्ष्ँ भीम घिमिरे र मोरंग व्यापार संघका अध्यक्ष्ँ पवन शारडाले नेपाल टे«ड युनियन कांग्रेस प्रदेश नं. १ का अध्यक्ष्ँ नारायणबाबु कार्की, जिल्ला अध्यक्ष्ँ सुशिल कोइराला र विद्यालय व्यवस्थापन समितिलाई संयूक्त रुपमा १६ थान डेक्स वेन्च हस्तान्तरण गर्नु भयो ।

कटहरी २ मा संचालित अनौपचारिक वाल शिक्षालय प्रति सिफ्ट ४ घण्टा गरी २ सिप्mटमा संचालन भईरहेको छ भने उक्त शिक्षालयमा ५० जना सिमान्तकृत परिवारका वालवालिका अध्ययन गर्दै आईरहेका छन ।

कार्यक्रममा दुवै संस्थाका पदाधिकारी,कार्यकारिणी समितिका सदस्यज्यूहरुको सहभागिता रहेकोथियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.