Websoft University

गोठगाउँमा सडक दुर्घटना -एक जना सक्त घाइते,घाइतेको उपचार हुदै


शिव भट्टराई सुनसरी चैत २४ गते । रातो तारा डट कम, मोरंङको सुन्दरहरैचा नगरपालिका वार्ड नं-७ स्थित गोठगाउँमा आज दिउँसो अन्दाजी ११:३० बजे सडक दुर्घटना भएको छ।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना.१ क ९४६२ नं को ट्रकले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को.९.प ८८४३ नं को मटरसाईकललाई ठक्कर दिएको छ।

ट्रकको पछाडी पट्टी पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को.१ च ९५०१ नं को कुखुरा बोकेको पिक अप सहित ठक्कर खाएकोले सो को सामान्य क्षति भएको छ भने ठक्कर खाएको मटरसाईकल चालक मिक्लाजुंग गाउँपालिका ४ बस्ने ४९ बर्षका हरी बहादुर लिम्बु रहेका छन्।

उनको दाहिने हात र खुट्टा भाचिएर घाइते भएका छन्।घाइतेको धरान स्थित घोपामा उपचार भईरहेको प्रहरी चौकी गछियाले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.