Websoft University

आर्थिक समृद्धिका लागि बोका वितरण


मोहनकुमार राई- बैशाख ६ गते । रातो तारा डट कम, संखुवासभा÷चैनपुर नगरपालिका वडा नं. १० ले किसानहरुलाई व्यवसायीक पशुपालनको लागि प्रोत्सान स्वरुप उन्नत जातको बोका वितरण गरेको छ । 

नगरपालिकाको १० नं. वडाले नवलपुरको मध्यविन्दु नगरपालिका १२ स्थित आरुखोलाको अरुणज्याति सामाजिक उद्यमी महिला सहकारीबाट १ लाख ९२ हजारको लगानीमा ५० प्रतिशत बयर जातको ५ वटा बोका खरिद गरी वडाको विभिन्न टोलका किसानहरुलाई बोका वितरण गरेको वडाध्यक्ष तेज बहादुर कटुवालले वताउनुभयो । 

वडाको लेवारीङ्ग, माक्पा, सल्लेरी, देउराली र हात्तीसुडेका किसानहरुलाई नगर उपप्रमुख मुना श्रेष्ठले एक कार्यक्रमका वीच बोका शुक्रवार वितरण गरिएको थियो । बोका ल्याउन अधि आन्तरीक तथा वाह्य रोगहरुका लागि औषधी गरी बाख्रामा लाग्ने महामारी पिपि आर रोग विरुद्ध भ्यासिनेसन समेत गरी पूर्ण रुपमा चेक जाँच गरी पठाएको अर्याल एग्रोभेट सेन्टर अरुणखोलाका पशु प्राविधिक रुद्र प्रसाद अर्यालले प्रमाणित गरी संखुवासभा पठाएको  वडाध्यक्ष कटुलाले  जानकारी दिनुभयो ।

वितरण गरिएका बोकाको वडाकार्यालयबाट अनगुगमन गर्ने, एक वर्ष पालेबापत बोका पालक किसानलाई रु ५ हजार दिने, आफ्नो समूह बाहेक अन्य स्थानबाट आउने किसानलाई सेवा शुल्क रु ३ सय लिने, लिएको शुल्क बोका पालक किसानकै हुने गरि वितरण गरिएको थियो । 

प्रत्येक १ वर्षपछि बोका परिवर्तन गरी उन्नत जातको बाख्रा उत्पादन गर्दै आगामी ५ वर्ष भित्र त्यहाँका ६० प्रतिशत किसान व्यवसायीक पशुपालन तर्फ उन्मुख गराउने उद्देश्यका साथ आफ्नो वडाको विकास र समृद्धिको लागि वडाको ६ लाख खर्चेर गोठ सुधार, बोका खरिद, घाँस व्यवस्थापन, ढुवानी अन्य व्यवस्थापनको लागि दीर्घकालिन सोचका साथ वडा अघि बढेको अध्यक्ष कटुवाल वताउनुहुन्छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.