Websoft University

मेयर गोल्डकपको तयारी अन्तिम चरण


मोहन कुमार राई-चैत्र १९ गते । रातो तारा डट कम,
संखुुवासभा-चैनपुर नगरपालिकाको गौरव समृद्धि बढाउन खेलकुद मार्फत पर्यटन प्रवर्धन, पहिचान र गरिमा : समृद्धि र एकताका लागि फुटवल चैनपुर नगरीमा भन्ने नाराका साथ आयोजना हुन गइरहेको प्रदेश नं. १ स्तरीय दोस्रो मेयर गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रदेश नं. १ का ९ वटा जिल्लाका १३ टिम सो प्रतियोगितामा सहभागी हुने मुल आयोजक समितिको बैठकमा आयोजक समितिका संयोजक भरत कुमार खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार सुनसरीको दुहवी नगरपालिका, उदयपुरको कटाहारी नगरपालिका , झापाको शिवसतासी नगरपालिका, मोरङ्गको उर्लावारी नगरपालिका, तेह्रथुमको म्याङ्लुङ्ग नगरपालिका, इलामको सूर्योदय नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका, धनकुटाको धनकुटा नगरपालिका, र संखुवासभाका ५ नगरपालीकाहरु खेलमा सहभागीहुने जनाइएको छ ।

चैत्र २३ बाट संखुवासभा क्याम्पसको रंगशालामा हुन गइरहेको सो प्रतियोगितालाई व्यवस्थित गर्न मूल आयोजक समिति सहित १४ उप समिति गठन गरेर फूटवल प्रतियोगितालाई सम्पन्न गर्ने तयारीका साथ विभिन्न उप समितिहरुले रफ्तारमा कार्यक्रमलाई व्यवस्थापन गर्न लागि परेको मूल आयोजक समितिका सदस्य एवं चैनपुर नगरपालिकाका प्रवक्ता अमृत राईले जानकारी दिनुभयो ।

राईका अनुसार यतीखेर खेल मैदानलाई थप व्यवस्थित गर्न घेराबारा, खेल मैदान सरसफाई, एवं चैनपुर पोखरी खराङ लगायत व्यापारीक वजारहरुमा फ्ल्याक्स व्यानरका साथ खेल प्रतियोगिताको प्रचारप्रसारलाई व्यापक वनाइएको छ ।
प्रतियोगितालाई थप आर्कषक बनाउन पञ्चैबाजागाजाका साथ विभिन्न जातजातीका झाकी शैक्षिक संस्थाका विद्यार्थीहरु र सुरक्षा निकायको टोली सहितको संयुक्त टोलीले चैनपुरको रंगशालामा मार्चपास का साथ चैत्र २३ गते खेल उद्घाटन हुने कार्यक्रमको प्रमुख आतिथ्यता संघिय सांसद् राजेन्द्र प्रसाद गौतमले गर्ने समेत जनाइएको छ ।

खेल चैत्र २३ गतेबाट शुरु गरी २८ गते सम्पन्न गर्ने समेत आयोजक समतिले जनाएको छ । खेल प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५ , द्वितीय हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३, र तृतीय हुने टिम सहित उपविजेता हुने टिमलाई १लाख ११ हजार १ सय ११ र सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कृष्ट गोल रक्षकलाई १० हजार म्यान अफ द म्याच घोषित खेलाडीलाई  प्रत्येक खेलमा ५ हजारका दरले पुरस्कृत गरिने खेलकुद आयोजक समितिका सदस्य अमृत राईले वताउनुभयो  ।

राईका अनुसार खेल नकआउटका आधारमा खेलाइने र खेलमा व्यवस्थापक र प्रशिक्षक सहित १८ जना रहने समेत जनाइएको छ । खेलमा प्रत्येक नगरपालिकाले प्लेईका अनुसार खेल नकआउटका आधारमा खेलाइने र खेलमा व्यवस्थापक र प्रशिक्षक सहित १८ जना रहने समेत जनाइएको छ ।

खेलमा प्रत्येक नगरपालिकाले प्लेइङ सेटमा ३ जना भन्दा बढी विदेशी खेलाडी सहभागी गराउन नपाउने समेत जनाइएको छ । अघिल्लो पटक खेलाइएको खेलमा नाइजेरियन लगायत विभिन्न युरोप र अफ्रिकन मुलुकबाट खेलाडीहरु समावेस गरेर नगरपालिकाहरुले खेलमा सहभागी जनाएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.