गोपाल काफ्ले पथरी-पथरी बैशाख ८ गते ।
रातो तारा डट कम, मोरङको पथरी बजारमा एक महिलाको मृत्यू भएको छ । घटनाको प्रबिधी हेर्दा अकल्पनीय, शंकास्पद र निन्दनीय घट्ना घटेका देखिन्छ । पथरीमा बजारमा बिगत ९÷१० बर्ष देखि डेरा बसेर कस्मेटिक पसल चलाउदै आएकी बस्नेतको शनिवार बिहान नग्न शरिर मृत्यू अवस्थामा मर्निङ वाक गर्नेहरुले देखि प्रहरीलाई खवर गरेका थिए ।
उनी अघिल्लो दिन पथरीमा आयोजित कन्सर्ट हेर्न गएर राती कोठा फर्किएकी थिइन् । रुपा १३ बर्षीय छोरा साइमन संग डेरामा बस्दै आइकी थिन । आमा र छोरा रातको १२ बजे सम्म मोवाईल चलाउदै बसेको छोरा साइमन बस्नेत बताउ
छन ।
मृतक बस्नेतको शव नग्न अवस्थामा घोप्टो परेको र शवमा रगत पनि बगेको अवस्थामा थियो । तर, मृतकको कपडा भने उनकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । ‘कपडा आफैले खोलेर कोठामा नै राखेको देखिन्छ ।
उनी हिजो पथरीमा आयोजित कन्सर्ट हेर्न गएर राती कोठा फर्किएकी थिइन् । यद्यपी, पोष्टमार्टमबाट धेरै कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए । प्रहरीले सबै कोणबाट अनुसन्धान थालिएको उनले बताए । ‘आफ्नै डेरा भएको घरअघि मृत भेटिएको हो । चोट देखिएको अवस्था छ,’एसपी केसीले भने,‘शवलाई पोष्टमार्टम गर्न धरान पठाएका छौ, पोष्टमार्टमबाट धेरै कुरा खुल्छ ।’ केसीले जानकारी दिएका छन ।
मृतकको कोठा तेस्रो तलामा छ । उनका श्रीमान् वैदेशिक रोजगारीमा दुवई गएका छन् । शुक्रबार फोनमा आतिदै गफ गरेको र बेलुकी हल्का मापसे गरेको छोराले बताएका छन । तर पनि घटनालाई सबै ढंगबाट सुक्ष्मरुपमा अनुसन्धान हुनुपर्ने आत्मा हत्या नभएर हत्या भएको आफ्न्तले दाबि छ ।
पथरीशनिश्चरे नगरपालिका, इलाका प्रहरी कार्यलय पथरी, सुरक्ष बेस क्याम र सस्त्र प्रहरी क्याम जस्ता राज्यको ३ ओटा सुरक्षा निकाय रहेको छ । गएको दुई महिनालाई हेर्ने हो भने एक पछि अर्को गर्दै ४ ओटा सृखलाबद्ध रहस्यमय शव फेला फेला परेको छ ।
यस्ता घटनाले गर्दा आम पथरी बासी त्रासीत भएका छन । फागुन १६ गते पथरीकै एक सिक्का बार बाट सोहि प्रकारको एक युवकको हत्या भएको थियो । ५ तला माथि रहेको बारमा रमाईलो गर्न गएका युवाको बारको तल घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । पथरी कानेपोखरी सडक नजिकैको जंगलमा २ महिलाको रहस्यमय मृत्यू भएको थियो।
२ महिनामा ४ ओटा सहस्यमय मृत्यू भैस्दा पनि नगर प्रहरी प्रसासनबाट शान्त्ती सुरक्षाको विषयमा केहि सजक नभएर्को स्थानीय र ब्यापारी बताउछन ।
यता बैशाख ७ गते रिना बस्नेतको अकल्पनीय, शंकास्पद र निन्दनीय घट्ना घटेको प्रति पथरी उद्योग बाणिज्य संघले गम्भीर ध्यानाकर्षण जनाएको छ । उस्ले विज्ञप्ती जारी गर्दै रहस्मय घट्नाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्कालै कानुनी दायरा ल्याएर कारबाही गर्न माग गरेको छ ।
जति अपराधिक घटनाहरु पथरीशनिश्चरे वडा नं. १ मा र उक्त क्षेत्रलाई लक्षित गरि घटाईने भएकाले सो क्षेत्रमा प्रहरी प्रसासन र स्थानीय निकायको तालमेल नभएकाले यस्ता घटना घटेको वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेन बताउछन ।
शव पोष्टमार्टमका लागी धरान स्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले लगि सकेको छ ।
Post a Comment