काठमाण्डौ चैत २० गते । रातो तारा डट कम,प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलिया र महिला आयोगको अध्यक्षमा सिफारिस विष्णुमाया ओझाविरुद्ध उजुरी आव्हान गरिएको छ । संसदीय सुनुवाई समितिको बैठकले थपलिया र ओझाविरुद्ध उजुरी आह्वान गरेको हो । थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुँदै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका हुन् । बहालवाला सचिवलाई नै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएको भन्दै नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका छन् ।
Post a Comment