Websoft University

बैठक स्थगित¥ काँग्रेसको आन्तरिक कलह बढ्दै,



काठमाण्डौ चैत २४ गते । रातो तारा डट कम,नेपाली काँग्रेस केन्द्रियसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । हिजो दिउँसो १ बजे बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।

बैठकका लागि नेताहरु पार्टी कार्यालय सानेपा पुगेका थिए । तर, अन्तिम समयमा आएर बैठक स्थगित भएको सूचना दिइएको थियो । नेताहरुका अनुसार पार्टी सभापति शेरबहादुर देउवा क्षेत्रीय भेला उद्घाटन गर्न पोखरा पुगेका पुग्नुभएको छ । 

कार्यसम्पादन समितिको भागवण्डामा विवाद भएका कारण बैठक बस्न नसकेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । हिजो नेताहरुबीच भएको छलफलमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफू बाहेक ८ जनाको नाम दिन प्रस्ताव गर्नुभएको थियो । यसमा नेता कृष्ण सिटौलाको असन्तुष्टि देखिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.