Websoft University

वर्तमान सरकार इतिहासकै भ्रष्ट भएको भएको दाबी–काँग्रेसका सभापति शेरबहादुर देउवा


काठमाण्डौ बैशाख ७ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले मुक्ति चाहेको बताउनुभएको छ । नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवस कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले ओली सरकारबाट जनता प्रताडित भएकाले मुक्ति चाहेको दाबी गर्नुभएको हो । 

वर्तमान सरकार इतिहासकै भ्रष्ट भएको भन्दै उहाँले भ्रष्टाचार र बेथिति विरुद्ध आन्दोलनमा होमिन नेपाल विद्यार्थी संघलाई निर्देशन पनि दिनुभयो । उहाँले मनपरी ढंगबाट सञ्चालित सरकारलाई नेपाली काँग्रेसले लगाम लगाउने बताउनुभयो । कानुन विपरित मनपरि चल्ने छुट सरकारलाई नभएको भन्दै उहाँले जनताको कर खाएर जनताको काम नगर्ने सरकारका विरुद्ध काँग्रेसले जागरण अभियान सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा काँग्रेस महामन्त्री डा. शंशाक कोइरालाले कम्युनिष्ट सरकारले देशलाई खोक्रो बनाएको आरोप लगाउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.