Websoft University

सुनसरीको गढी गाउँपालिका सूचना लुकाउँदै, मिलोमतोमा टेण्डर लगाउँदै



शिव भट्टराई सुनसरी बैशाख ९ गते । रातो तारा डट कम,
सुनसरीको गढी गाउँपालिकाका पदाधिकारीहरु रकर्मचारी हरुले आफु निकट निर्माण व्यवसायीसँग मिलोमतो गरी टेण्डर ठेक्का लगाउने गरेको फेला परेको छ ।

सुनसरीका लामो समयदेखि प्रतिष्पर्धाका माध्यमबाट सरकारी तथा निजी क्षेत्रको निर्माण कार्यको टेण्डरमा काम गर्दै आएका निर्माण व्यवसायीहरुले गढी गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएपछि आफु निकटलाई भित्री रुपमा मिलोमतो गरी टेण्डर दिने गरेको खुलासा गरेका हुन ।

निर्माण व्यवसायी संघ सुनसरीको कार्यसमितिमा रहेकाहरुका अनुसार गाउँपालिकाका अध्यक्ष, वडाअध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत लगायतको मिलोमतोमा प्रतिष्पर्धाबाट निर्माण कार्यको टेण्डर लगाउने कार्यको सूचना लुकाएर मोटो कमिसन लिएर आफु निकटलाई ठेक्का सम्झौता दिने गरेको दावी गरेका छन
निर्माण व्यवसायीहरुका अनुसार गाउँपालिकाले पछिल्लो पटक २०७५ साल चैत ७ गतेको मितिमा करिब तीन करोडको टेण्डर गोप्य रुपमा राखेर आफु निकट निर्माण व्यवसायीलाई आवश्यक पर्ने न्युनतम टेण्डर फारमहरु उनैमार्फत कम दर रेटमा हाल्न लगाएर कमिसनमा ठेक्का सम्झौता गर्ने गरेको छ।

ठेक्का नं १३ ०७५÷०७६ मार्फत गढीदेव बुद्ध पर्यटकीय स्थल भौतिक पूर्वाधार निर्माण र ठेक्का नं १४ ०७५÷०७६ मार्फत भमरी उत्तर धनपुरी सडक कालोपत्रे निर्माणका लागि सार्वजनिक गर्नु पर्ने सूचना गोप्य राखेर गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले आफु निकट निर्माण व्यवसायीलाई ठुलो रकम कमिसन लिएर ठेक्का सम्झौता दिने तयारी गरेको निर्माण व्यवसायीहरुले दावी गरेका छन ।

गाउँपालिकाले यस अगाडि विभिन्न प्रकारका निर्माण सम्बन्धी कार्यहरुमा यही प्रकृति गोप्य सूचना निकाल्दै सूचना सार्वजनिक नगरी ठेक्काको काम आफु निकटलाई दिदै आएकाले पदीय दुरुपयोग गरि भ्रष्टाचार, अनियमितता गर्ने गाउँपालिकाका संलग्नहरुविरुद्ध अख्तीयारमा उजुरी दिने तयारी गरेको गढीका नागरिक अगुवाहरुले चेतावनी दिएका छन ।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले सूचना लुकाएर आफू निकटलाई ठेक्का दिने गरी आफूले काम नगरेको दावी गर्दै कर्मचारी संयन्त्रबाट यस्तो काम भएको हुन सक्ने आशंका ब्यक्त गरे उनले भने,‘तपाईहरुलाई थाहा नै छ कि मेरो र कर्मचारीको सम्बन्ध त्यती राम्रो छैन, पत्रपत्रिकामै आएको विषय नै हो । फेरि मैले सही गर्ने र निकाल्ने पनि होईन, यदि लुकाएको छ भने त्यो कर्मचारीहरुले नै गरेको हुनु पर्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.