काठमाण्डौ,बैशाख १० गते । रातो तारा डट कम,नेकपाले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको हिजोबाट टुङ्गो लगाएको छ । राजधानीको प्रज्ञा भवनमा ७० औं कम्युनिष्टि दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमका बीच दुई अध्यक्षले सम्वोधन गर्दै एकताको बाँकी काम पनि चाँडै सक्ने प्रतिबद्धता जनाएका छन् ।
एक वर्षभित्र पार्टीको महाधिवेशन सक्ने घोषणा अध्यक्ष प्रचण्डले गर्नुभयो । प्रचण्डले करिव आधा घण्टा लामो सम्बोधन सकेपछि दुवै अध्यक्षले संयुक्तरुपमा गरेको सम्बोधनको भिडियो देखाइएको थियो । कार्यक्रममा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका फेहरिस्तसँगै नेपाली काँग्रेसको आलोचनादेखि सिके रावतलाई राष्ट्रिय राजनीतिमा ल्याएको प्रसङ्ग सुनाउनु भएको थियो ।
अब स्थानीय तहसम्म र बाकी एकता केही दिनमै टुङ्गिने दाबी गर्नुभयो । कार्यक्रम सकिए लगत्तै सार्वजनिक गरिएको जिल्ला अध्यक्ष र सचिवको विवरण अनुसार नेकपाका ७७ जिल्ला कमिटी मध्ये तत्कालीन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ । तत्कालीन एमालेले भने ४४ जिल्ला अध्यक्ष र ३३ जिल्ला सचिव पाएको छ । तर तत्कालिन माओवादीतर्फका ८ जना केन्द्रीय सदस्य जिल्ला सचिवमा घटुवा भएका छन् ।
Post a Comment