Websoft University

बजेट अध्ययन गर्न नेमपाका सुरेन्द्र पाण्डे, र नेकाका ज्ञानेन्द्रबहादुर काकी देश भ्रमणमा निस्कने


काठमाण्डौ चैत २६ गते । रातो तारा डट कम,बजेटबारे अध्ययन गर्न सांसदको दुई टोलीले देशब्यापी भ्रमण गर्ने भएकोछ । सांसदको एक टोली पूर्व र एक टोली पश्चिममा गई आर्थिक वर्ष २०७६÷७७ मा समावेश गर्नुपर्ने योजनाका विषयमा छलफल गर्न लागेको कुरा बताइएकोछ । 

संसदको अर्थ समितिले नेपाल कम्युनिस्ट पार्टीका नेता सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरी बजेटबारे अध्ययन गर्न पठाउन लागेको हो । कार्की नेतृत्वको टोलीले प्रदेश १, २ र ३ तथा पाण्डे नेतृत्वको टोलीले गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गई बजेटबारे छलफल गर्ने छ । 

पूर्वी क्षेत्रमा जाने टोलीमा सांसद टोलीप्रमुख कार्कीसँगै जुलीकुमारी महतो, प्रमिला राई मेटमणि चौधरी, मोतीलाल दुगड, रामबाबु कुमार यादव र सरवत आरा खानमलगायत रहेका छन् । 

त्यस्तै पश्चिम क्षेत्र जाने टोलीमा टोलीप्रमुख पाण्डेसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, घनश्याम भुसाल, हरिराज अधिकारी, रामकुमारी झाँक्री, जयकुमार राई, तुलसी थापा लगायत रहेका छन् । टोलीले प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधिलाई एकै ठाउँमा राखेर बजेट र योजनाबारे अन्तर्क्िरया गर्ने समिति सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो । 

त्यस्तै बजेट कार्यान्वयन र बजेटमा समावेश गर्नुपर्ने योजनाबारे पनि छलफल गर्नेछ । दुबै टोली अध्ययनबाट फर्केपछि प्रतिवेदन तयार गरी संघीय सरकारलाई बजेट निर्माणका लागि सुझाव र निर्देशन दिने अर्थ समितिले जानकारी दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.