Websoft University

नेपाली युवा क्रिकेट टोली मलेसिया प्रस्थान


काठमाण्डौ चैत २४ गते । रातो तारा डट कम,१९ वर्षमुनीको विश्वकपका लागि छनोट हुने लक्ष्यका साथ नेपाली युवा क्रिकेट टोली मलेसिया प्रस्थान गरेकोछ । राष्ट्रिय टोलीका सदस्य रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाललाई यसपटक बलियो मानिएकोछ । 

मलेसिया प्रस्थान गर्नुअघि पौडेलले आफ्नो लागि सन् २०२० को युवा विश्वकप खेल्ने, ठुलो अवसर भएको बताउनुभयो । यसपटक नेपालको तयारी पनि राम्रो छ । नेपालले भारतमा १५ दिन अभ्यास गरेको थियो । त्यसक्रममा खेलेको ६ मध्ये चार खेल नेपाली टोलीले जितेको थियो । नेपालको बलियो पक्ष ब्याटिङलाई मानिएको छ । 

कप्तान रोहितकुमारसँगै सन्दीप जोरा, भीम सार्की, कुशल मल्ल ठूलो पारी खेल्न सक्ने क्रिकेटर हुन् भने पवन आसिफ शेख, कमल सिंह ऐरीसँगै पवन सरार्फ, रासिद खान लगायतका अनुहार पनि छन् । त्यसमाथि यो पटक पछिल्लो पटक नेपालका लागि तगारो बनेको अफगानिस्तान छनोट खेलमा छैन । 

आईसीसीको पूर्ण सदस्य राष्ट्र भएकाले उसले सिधै विश्वकप खेल्नेछ । नेपालले पहिलो खेल सिंगापुरविरुद्ध १२ अप्रिलमा खेल्नेछ । त्यसपछि यूएई, मलेसिया, ओमान र कुवेतसँग खेल्ने
छ । समूह चरणको शीर्ष टोली विश्वकपमा पुग्नेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.