Websoft University

सबै मन्त्रालयलाई अर्थमन्त्रालयको आग्रह



काठमाण्डौ बैशाख ६ गते । रातो तारा डट कम,अर्थमन्त्रालयले तोकिएको समयभित्रै बजेट खर्च गर्न नसक्ने भए जानकारी गराउन सम्बन्धित मन्त्रालयलाई अर्थले लिखित आग्रह गरेको छ । 

मन्त्रालयले सबै मन्त्रालयलाई बजेट खर्च गर्न नसक्ने भए पहिले नै यस विषयमा जानकारी गराउन पत्रमार्फत आग्रह गरेको हो । पछिल्ला वर्षमा बजेटको आकार बढ्दै गएको भएपनि खर्चको अवस्था सन्तोषकजनक नभएकाले अर्थमन्त्रालयले समीक्षालाई व्यापकता दिएको मन्त्रालयले जनाएको छ । 

समयमै उचित तरिकाले बजेट खर्च गर भनेर अर्थमन्त्रालयले पत्र लेखेको मन्त्रालयका प्रवक्ता एवं सूचना अधिकारी उत्तर कुमार खत्रीले जानकारी दिनुभयो । अर्थमन्त्रालयले बजेट बिनियोजन भएको सुरुवाती चरणदेखिनै समयमै बजेट खर्च गर्न सम्बन्धीत मन्त्रालयलार्ई निर्देशन दिएको र त्यसलाई निरन्तरता समेत दिएको उहाँको भनाइ छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.