Websoft University

असीना पानीले हिमाली क्षेत्रमा बालीनाली सखाप पार्यो



काठमाण्डौ बैशाख ९ गते । रातो तारा डट कम,बझाङका उच्च हिमाली भेगमा आइतवार दिउँसो परेको असीना पानीले गहुँ, जौँ, आलु, लगाएतका बाली नष्ट गरेको छ ।  छविस पाथीभेरा गाउँपालिका वडा नं. ७ मजखोरी, नौरा घट्टे, बुडखोरी लगाएतका ठाउँमा असीना पानीले क्षती पु¥याएको हो । असीना पानीले बालीनाली पूर्णरुपमा नष्ट गरेको स्थानीय कलक बहादुर मण्डेलले जानकारी दिनु भयो । त्यस्तै, थारारा गाउँपालिका वडा नं. ५ भिडिगाउँ, खुलम, दुवाली, खोलीथलारा लगाएतका ठाउँहरुमा पनि असीना पानीले क्षेती पु¥याएको छ । असीना पानीले बालीनाली सँगै, फलफूल तथा तरकारीमा पनि क्षेती पु¥याएको थलाराका गौतम विष्टले जानकारी दिनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.