विराटनगर, बैशाख ५ गते । रातो तारा डट कम,पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका छन् । मोरङ जिल्ला पत्रकार महासंघको अगुवाईमा प्रदेश पत्रकार महासंघ समेतको सहभागीतामा धर्ना दिएको हो ।
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीको माग गर्दे पत्रकार महासंघ मोरङ शाखाले आज जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएको हो ।
पत्रकार महासंघ केन्द्रीय समितिले तय गरेबमोजिम आज देशैभरका शाखाहरुले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीको माग गर्दे तथा पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको विनासर्त रिहाईको माग गर्दे धर्ना दिइएको पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले बताए ।
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने निर्णय गरेकोछ ।
पत्रकारलाई विद्युतीय कारोबार ऐनको उक्त दफा अन्तर्गत पटकपटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको हो ।
जस अन्तर्गत विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाईको माग गर्दे महासंघले आन्दोलन गर्ने निर्णय गरेको हो ।
Post a Comment