Websoft University

उत्तराई टोलमा कुनै पनि किसीमको चरा, चुरुङ्गी मार्न प्रतिबन्ध लगाईयो


श्याम राई-उदयपुर,गाईघाट,बैशाख ४ गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका–८ उत्तराई टोलमा कुनै पनि किसीमको चरा, चुरुङ्गी मार्न प्रतिबन्ध लगाईएको छ । फूलबारी टोल विकास समितिको मंगलबार सम्पन्न साधारण सभाले उक्त क्षेत्रमा चरा चुरुङ्गी मार्न निषेध गरेको हो ।

त्रियुगा नगरमा सबै भन्दा बढी धान फल्ने उत्तराई टोल धार्मिक एंवम पर्यटकिय दृष्टिकोणले नगर कै सबै भन्दा सुन्दर रहेको छ । चारै तिर नदी नालाले घेरिएको उत्तराई टोल टापुको रुपमा रहेकोले यस क्षेत्रमा विभिन्न् प्रजातिका चरा चुरीङ्गी पाइने गरेको छ ।

चरा चुरुङ्गीको बास स्थान रहेकै कारण विगतमा अवैध चोरी शिकारको कारण धेरै प्राजातीको चरा चुरुङ्गी लोप हुन लागेको टोल विकास समितिका अध्यक्ष एंव महिला नेतृ रामवती चौधरीले बताईन् ।‘ हामीले चरा चुरुङ्गीको अवैध चोरी शिकार रोक्न यस्तो निर्णय गरेका हौ ।’ उनले भनिन् । उनले चरा चुरुङ्गी मार्न निषेध गरिएकोले यो काम उदाहरणिय भएको बताईन् ।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले स्थानीय स्तरमा भएको यस्तो निर्णयले सबैलाई केहि गर्ने प्रेरणा गरेको बताए । उनले आफनोतर्फबाट रचनात्मक कार्यको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.