Websoft University

क्रिकेट प्रतियोगितामा बेलबारी र बिर्तामोड नगरपालिका बिजयी



सुनसरी, चैत्र २६ गते । रातो तारा डट कम,,इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न पहिलो खेलमा बेलबारी नगरपालिका र बिर्तामोड नगरपालिका बिजयी भएका छन । इटहरी ९ स्थित क्रिकेट मैदानमा सोमवार भएको पहिलो खेलमा बेलबारीले पथरीशनिश्चरे नगरपालिकालाइ ६२ रनले पराजित गरेको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको बेलबारी नगरपालिकाले निर्धा्रित १८ ओभरको खेलमा ७ विकेट गुमाउदै १ सय ७२ रनको योगफल खडा गरेको थियो । बेलबारीका लागी आशिस झाले ४७, बिकास दासले ३६ र अमित यादवले २७ रनको योगदान दिए । बलिङ तर्फ पथरीशनिश्चरेका राज राइले २ विकेट र निकेश खत्री र रावण राइले १–१ विकेट लिए ।

जवाफमा १ सय ७३ रनको बिजयी लक्ष्य पछ्याएको पथरीशनिश्चरेले निर्धा्रित १८ ओभरमा ४ विकेट गुमाउदै १ सय १० रन मात्र बनाउन सक्यो । पथरीशनिश्चरेका लागी आकाश खत्रीले अविजित ५० रन बनाए पनि हार टार्न सकेनन । केलिन राइले २० रन जोड्दा अन्य खेलाडीले दोहोरो रनको स्कोर जोड्न सकेनन । 

बलिङ तर्फ बेलबारीका लागी म्यानअफ द म्याच बिकास दास, एलन राइ र अमित भगतले १–१ विकेट लिए । दोसो्र खेलमा बिर्तामोड नगरपालिकाले इनरुवा नगरपालिकालाइ ८ बिकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिड गरेको इनरुवाले निर्धा्रित १९ ओभरको खेलमा सबै बिकेट गुमाएर ९१ रन बनाएको थियो । जवाफमा ९२ रनको बिजयी लक्ष्य बिर्तामोडले ८ ओभरमा २ बिकेट गुमाएर पूरा गर्यो । 

प्रतियोगिता अन्तर्गत भोली दुइ वटै सेमिफाइनल खेल हुनेछन । भोलीको पहिलो सेमिफाइनल खेल इटहरी र बेलबारी बिच हुदा दोसो्र खेल बिर्तामोड र बिराटनगर बिच हुनेछ । इटहरी उपमहानगरपालिकाको संयोजनमा सुरु प्रतियोगतामा एक नम्बर प्रदेशका ८ टिम सहभागी छन । इटहरी ९ स्थित क्रिकेट मैदानमा चैत्र २७ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद ५० हजार र टफी तथा दोसो्र हुने टिमलाइ २५ हजार र टफी प्रदान गरिने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.