Websoft University

दोस्रो मेयर गोल्डकप उद्घाटनकै दिन ३ खेल सम्पन्न


मोहन कुमार राई-संखुवासभा, चैत्र २४ गते । रातो तारा डट कम,संखुवासभाको चैनपुरको रंगशालामा उद्घाटन भएको  १ नं. प्रदेश स्तरीय दोस्रो मेयर गोल्डकप फुटवल प्रतियोगिता उद्घाटन गर्ने भनिएको एक दिन पछि आइतबार विहान ९ बजे उद्घाटन गरिएसँगै आजै खेल प्रतिस्पर्धाबाट ३ वटा टिम खेल जित्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

आज भएको पहिलो चरणको पहिलो खेलमा खाँदवारी नगरपालिकाले निर्धारित समयको अन्ततिर ८८ औं मिनेटमा ०–१ ले धनकुटा नगरपालिकालाई पराजित गर्दै विजय हासिल गरेको छ । यसै गरी आजै भएको दोस्रो खेलमा भोजपुर नगरपालिका भोजपुरलाई संखुवासभाको पाँचखपन नगरपालिकाले ०–६ गोलले पराजित गरेको छ ।

यसै गरी आजै भएको तेस्रो खेलमा संखुवासभाको मादी नगरपालिकाले शिव सतासी नगरपालिका झापालाई ०–१ गोलले पराजित गरेको छ । भोली सुनसरीको दुहवी नगरपालिका र तेह्रथुमको म्याङलुङ्ग नगरपालिका वीच खेल फुटवल खेल प्रतियोगिता हुने आयोजक समितिका सदस्य सचिव टंक रोक्काले जानकारी दिनुभयो ।

“खेलकुद मार्फत पर्यटन,पहिचान, प्रगति र गरीमाः समृद्धि र एकताको लागि फुटवल चैनपुर नगरीमा” भन्ने मुल नाराका साथ आज भव्यताकासाथ उक्त फुटबल प्रतियोगिता  उद्घाटन गर्दै संघिय सांसद राजेन्द्र प्रसाद गौतमले खेलकुदका माध्यमबाट संखुवासभालाई प्रदेश नं. १ मा स्थापितगर्न र   पर्यटन प्रवर्दधनका निम्ति यो फुटबल प्रतियोगिता  उपयोग सिद्ध हुने धारणा राख्नुभयो ।

उद्घाटनको क्रममा गौतमले भन्नुभयो देशका ३ वटै तहका सरकारहरुले युवाहरुको चाहना र भावनालाई समेटदै खेलकुदका माध्यमबाट देशलाई प्रगति र समृद्धिको बाटोमा लान र युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न यो खेल प्रतियोगितले महत्वपूर्ण भूमिका खेल्ने समेत वताउनुभयो ।

कार्यक्रममा राजनीतिक दलका नेताहरु, सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरु लगायतको उल्लेखिय उपस्थितिमा रहेको थियो । कार्यक्रमलाई मूल आयोजक समितिका सहसंयोजक एवं चैनपुर नगरपालिकाका उप प्रमुख मुना श्रेष्ठले खेलाडीहरु एवं पाहुना दर्शकहरुलाई शब्दद्धारा स्वागत गर्नुभएको उक्त प्रतियोगिताको उद्घाटन सत्रको सभापतित्व खेल आयोजक समितिका संयोजक एवं चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले गर्नुभएको थियो ।

अघिल्लो दिन  मौसमसँगै लगातार परेको पानीले खेलमैदान जलमग्न भएपछि  आयोजक समितिले खेल स्थगन गर्दै आज विहान सबेरैबाट खेल मैदानलाई चुस्त र दुरुस्त राखेर खेलकुद प्रतियोगितालाई शुरुवात गराएको हो । प्रदेश नं. १ स्तरीय यो खुल्ला पुरुष फुटवल प्रतियोगितामा सहभागी हुन विभिन्न नगरपालिकाबाट राष्ट्र तथा  अन्तराष्ट्रिय स्तरका खेलाडीहरु यतीखेर  चैनपुर बजारको खेलमैदान रंगशालामा देखिएका छन् ।  खेलप्रतियोगितालाई हेर्न जिल्लाका विभिन्न भाग लगायत छिमेकी जिल्लाहरुबाट समेत उल्लेखिय संख्यामा दर्शकहरुको भिडलागेको थियो ।

विहान सबेरैबाट संखुवासभाको रंगशाला आसपास क्षेत्रमा विभिन्न भागबाट आएका खेल दर्शकहरु देशी विदेशी खेलाडीहरुको खेल हेर्न उत्सुकताका साथ जुटेको परिणाम सँगै संखुवासभाका ३ नगरपालिकाले खेल भएको पहिलो दिनमै अन्य जिल्लाबाट आएका नगरपालिकाहरुलाई पराजित गर्दै खेलको दोस्रो चरणमा प्रवेश गरेका छन् । 

यस प्रतियोगितामा  संखुवासभाका ५ नगरपालिका सहित प्रदेश नं. १ भरीका ९ वटा जिल्लाबाट विभिन्न नगरपालिकाका खेलाडीहरु खेलमा प्रतिस्पर्धा गर्दै   १३ वटा नगरपालिकाका खेल प्रतियोगितामा सहभागी भएका छन् । चैनपुर नगरपालिकाको ३५ लाखको लागत र अन्य संघ संस्थाहरु सँग समेत चन्दा संकलन गरेर ४५ लाखको लागतमा यो फुटवल प्रतियोगिता चैत्र ३० सम्ममा सम्पन्न गर्ने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा विजयी हुने नगरपालिकाकाहरुलाई प्रथम स्थान हासिल गर्ने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५ , द्धितीय हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान एवं सेमी फाइनलमा पराजित हुने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित मेडल,कप र प्रमाणपत्रले पुरस्कृत गरिने समेत जनाइएको छ ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई रु.१५ हजार, उत्कृष्ट गोलरक्षकलाई १० हजार र प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित खेलाडीलाई ५ हजार नगद सहित पुरस्कृत गरिने जनाइएको छ । यस अघि भएको प्रथम मेयर गोल्डकप प्रतियोगिता खाँदवारी नगरपालिकाले जित हासिल गर्न सफल भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.