काठमाण्डौ बैशाख ५ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको नभई विद्वानहरुको देश बनाउनुपर्ने बताउनुभएकोछ । विद्यालय भर्ना अभियानका सन्दर्भमा आफ्नो सरकारी निवास बालुवाटारमा नेकपानिकट यूवा र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।
प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि बताउनुभयो । युवा र विद्यार्थीलाई सृजनशिल र समाज सुधारको काममा लाग्न कुनै अवरोध नरहेको भन्दै प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको स्वरुप फेरिएको धारणा राख्नुभयो । गत बर्षदेखि शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई निर्देशन दिनुभयो ।
Post a Comment