मोहन कुमार राई-चैत्र २५ गते । रातो तारा डट कम, संखुवासभा- मादी नगरपालिका वडा नंं १ स्थित राँके डाँडा –टिएजे क्षेत्रमा गत चैत्र २२ गतेदेखि २७ गते सम्म अन्तराष्ट्रिय साँस्कृतिक महोत्सव सच्चालन गर्न लाग्दा शक्ति इन्रनेशनल म्युजिक फेस्टिभल प्रा.लि.का अध्यक्ष सुवास के.शी पक्राउ परेका छन् ।
महोत्सवका लागि जिल्ला प्रशासन कार्यालय संखुवासभामा नेचर क्याम्पिङ, योगा, ह्यालिङ्ग सञ्चालनका लागि माग गर्दै केशीले निवेदन पेश गरेको थियो । सो महोत्सव ट्रान्स पार्टी प्रकृतिको हुने भएकोले त्यहा लागू पदार्थको प्रयोग, अश्लिल गतिविधि,खुल्ला योनव्यवहार, चर्को सँगीत –डिजे) जस्ता क्रियाकलाप हुनेभएकोले त्यसस्ता गतिविधिहरु असामाजिक, अनैतिक एवं गैरकानूनी भएकोले स्थानीय ऐन २०२८ बमोजिम जिल्ला प्रशासन कार्यालय संखुवासभाले अस्वीकृत गरी रोक लगाएको थियो ।
तर अध्यक्ष केशी संखुवासभा प्रवेश स्थल टुटेदेउरालीबाट डिजे म्युजिक सामान सहित कार्यक्रम स्थल तर्फ जवरजस्ती जान लाग्दा प्रहरी प्रशासन विरुद्ध अनावश्यक होहल्ला गर्दै अश्लिल शब्दहरु समेत प्रयोग गरेपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । केसीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको समेत कार्यालयले जनाएको छ ।
Post a Comment