काठमाण्डौ चैत २४ गते । रातो तारा डट कम,तातोपानी गाउँपालिका ४ हाँकुमा रहेको जलपादेवि सामुदायिक वनमा आगलागी भएको छ । आगलागी हुँदा सल्ला, देवदार लगायतका हजाराँै रुख बिरुवा जलेर नष्ट भएका छन् ।
विहान ११ वजे सामुदायिक वनमा आगलागी भएको हो । भिरालो जमिन र भीरमा सल्लाको खोटो निकालिएको जंगल, सल्लि पिरल र खर भएकाले स्थानीय उपभोक्ता सहितका सरोकारवाला आगलागी नियन्त्रणमा लागे पनि करिव २ साढे वजे पछि मात्र आगो नियन्त्रण गर्न सफल भएको हाँकु ४ का रामप्रसाद पाण्डेले जानकारी दिनु भयो ।
सामुदायिक वनमा आग्लागी कस्ले किन गरिएको भन्ने बारे कुनै जानकारी भएको पाण्डेले बताउनु भयो । तर अनुसन्धान भइरहेको उहाँको भनाइछ । वनमा आगलागी हुँदा वन, वनस्पति र वन्यजन्तु संकटमा परेको सामुदायिक वनउपभोक्ताहरुले बताएकाछन ।आगलागी नियन्त्रणमा स्थानीयले प्रयास गरे पनि आगो नियन्त्रणमा लिन कठिनाइका बावजुत साढे २ वजे पछि मात्र नियन्त्रण भएको बताइएको छ ।
Post a Comment