Websoft University

घाईतेहरुलाइ भेट्न प्रधानमन्त्री ओली बाराको कलैयाका अस्पतालमा आफै पुगे


काठमाण्डौ चैत १८ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीबाट प्रभावितहरुलाइ भेट्न बारा पुग्नुभएको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री राम बहादुर थापा सहित प्रधानमन्त्री ओली बारा पुग्नुभएको हो । प्रधानमन्त्रीले बाराको कलैया अस्पतालमा उपचाररत घाईतेहरुलाइ भेटि उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिनुभएको छ ।

झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुग्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन पनि दिनुभयो । प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिनुभएको थियो । 

प्रधानमन्त्री ओलीले हवाहुरी प्रभावित बाराको फेटा गाउँपालिकाको हवाइ निरीक्षण पनि गर्नुभएको छ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएका छन् । प्रधानमन्त्री ओलीले नै यो जानकारी गराउनुभएकोहो । नेकपा संसदीय दलका नेता समेत रहनुभएका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाई अपिल समेत गर्नुभएको
छ । त्यसैगरी नेपाली कांग्रेसले पाटीले पनि आफना सासदहरुको दुइ दिनको तलव भत्ता राहत दिने निर्णय गरेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.