Websoft University

जिप्रका मोरङमा Color Coded सेवा प्रवाह कार्ड र Intercom सेवाको शुभारम्भ


विराटनगर, वैशाख ४ गते ।  रातो तारा डट कम,जिल्ला प्रहरी कार्यालय मोरङमा Color Coded सेवा प्रवाह कार्ड र कार्यालय भित्र Intercom सेवाको शुभारम्भ भएको छ । 

उक्त सेवाको प्रमुख अतिथि १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षको केदार रिजालले आज जिल्ला प्रहरी कार्यालय मोरङमा एक कार्यक्रमका बीच शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रम पश्चात कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि केदार रिजालले नागरिकलाई थप प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न यस्तो सेवाले निकै सहजता हुने बताउनु हुँदै नागरिक मैत्री कार्यक्रमहरुमा स्थानीय तहको सहकार्य र समन्वय भएमा समाजको विकृति तथा अपराध न्यूनिकरण भई समुन्नत समाजको निर्माणमा टेवा पुग्ने बताउनु भयो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी. ले यस सेवाको विशेषताको रुपमा सेवाग्राहीहरुको सहजताको लागि जिल्ला प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको अभिलेखीकरण, फरक-फरक रंग भएको सेवाग्राही सम्बन्धित शाखामा जान सजिलो हुने, First come First Serve अवधारणा अवलम्वन गरिएको र सेवाग्राहीले सेवा लिनको लागि अन्य व्यक्तिको साहारा लिन नपर्ने कुरा बताउनु भयो । सामुदायिक सेवा केन्द्रका तर्फबाट आफ्नो मन्तब्य राख्नु हुँदै सामुदायिक सेवा केन्द्र कंचनबारीका अध्यक्ष जगत दाहालले यस्ता किसिमको कार्यक्रमले प्रहरी सेवा प्रवाहमा थप गुणस्तरियता आउने बताउनु भयो ।

त्यस्तै विराटनगर महागरपालिका वडा नं. ५ का अध्यक्ष मीन कुमार आचार्यले मोरङ प्रहरीले ल्याएको यस कार्यक्रमले आम जनतामा सेवा प्रवाहको स्तरलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउदै प्रहरी र स्थानीय जनप्रतिनिधि समन्वय र सहयोग गरेर अगाडी बढ्ने बताउनु भयो । 

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दाहाल, विराटनगर महानगरपालिका वडा अध्यक्षहरु, सामुदायिक सेवा केन्द्र मोरङका अध्यक्ष तथा पदाधिकारीहरु, संचारकर्मी तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.