Websoft University

१३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवश (मई दिवश) को अवसरमा विभिन्न श्रमिक प्रतिनिधिलाई उधोग सगठनले आज सम्मान गर्यो


बिराटनगर बैशाख १८ गते । रातो तारा डट कम,
उद्योग संगठन मोरंको आयोजनामा १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवश (मई दिवश) को अवसरमा विभिन्न ट्रेड युनियनका प्रतिनिधि, पदाधिकारी, श्रमिकहरु संगठनको कार्यकारिणी समिति प्रदेश १ का सामाजिक विकास मन्त्रीको प्रमुख आतिथ्यतामा शुभ कामना आदान–प्रदान, श्रमिक सम्मान तथा जलपान कार्यक्रम सम्पन्न भयो ।

उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले १३० औं श्रमिक दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै श्रमिक र संचालक बीच सन्तुलित सम्बन्ध भएमा उद्योगहरुको उत्पादकत्व वृद्धि हुनुका साथै आर्थिक रुपमा सवल र सक्ष्ँम भई सुमधुर ओद्यौगिक वातावरण तयार हुने वताउनु भयो । उहाले श्रमिक र रोजगारदाता एक अर्काका परिपुरक भएकाले उद्योग संचालनका लागि दुई पक्ष्ँको सहयोग र समन्वय आवश्यक हुने औल्याउनु भयो ।

अध्यक्ष्ँ घिमिरेले उद्योग संगठन रोजगारदाताको हितका लागि मात्र नभएर श्रमिकहरुको हक, हितका लागि समेत सचेत र सजग भएकोमा जोड दिदै विश्व भरिका श्रमिकहरुको महान दिवशको रुपमा रहेको विश्व श्रमिक दिवशलाई भव्य रुपमा मनाउने क्रममा संगठनले श्रमिक वर्गलाई प्रोत्साहित गर्न विगत देखि यस क्ष्ँेत्रका उद्योग÷व्यवसायमा कार्यरत एक महिला एक पुरुष श्रमिकलाई सम्मान गर्ने गरिएको वताउनु भयो ।

शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्योगी र श्रमिक वीचको निरन्तर वार्ता र समन्वयका साथै आपसी सद्भावको आवश्यकता औल्याउदै सुमधुर सम्वन्धले औद्योगिक विकासमा मद्त पुग्ने वताउनु भयो । उहा“ले विगतका कमी कमजोरीबाट सबैले शिक्षा लिदै आगामी दिनमा त्यस्ता कमी कमजोरीको न्यूनिकरण गर्न सुझाव दिदै यस क्ष्ँेत्रका करिडोरमा उद्योगी र श्रमिक वीचको सुमधुर सम्वन्ध सबैको लागि उदाहरणीय भएको वताउनु भयो ।

कार्यक्रमा दुहवी नगरपालिकाका प्रमुख वेद नारायण गच्छदारले सुनसरी मोरंग औद्योगिक करिडोरमा कार्यरत श्रमिक र व्यवस्थापक वीचको प्रगाढ सम्वन्धले थप रोजगारीका अवसरहरु सिर्जना गर्न मद्त पुग्ने वताउनु भयो । उहाले श्रम समस्या कम भएका क्ष्ँेत्रमा नया उद्योग÷व्यवसायको आकर्षित हुने भएकाले सम्वन्धलाई सदैव प्रगाढ वनाउनु पर्नेमा जोड दिनु भयो ।

सम्पूर्ण ट्रेड युनियनका तर्फबाट शुभकामना व्यक्त गर्दै नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश १ का अध्यक्ष्ँ नारायणबावु कार्कीले श्रमको खोजीमा विदेशिने युवा शक्तिलाई यही रोजगारका अवसरहरु सिर्जना गर्न  उद्योग÷व्यवसायमा लगानी वढाउनु पर्नेमा जोड दिनु भयो । उहा“ले श्रम, पू“जी र प्रविधिको समिश्रणले मात्र उद्योग तथा आर्थिक विकास सम्भव भएको वताउनु भयो ।

१३० औं श्रमिक दिवशको उपलक्ष्यमा संगठनद्वारा आयोजित शुभकामना आदान प्रदान, श्रमिक सम्मान  कार्यक्रममा यस क्ष्ँेत्रका उद्योग÷व्यवसायमा कार्यरत श्रमिकहरु मध्ये लामो समय देखि सेवा पु¥याउदै आउनु भएकोमा विराटनगर जुट मिल्स लिमिटेडमा ३६ वर्ष काम गर्नु भएको विराटनगर १५ निवासी लक्ष्मी तामा¨ तथा रघुपति जुट मिल्स लिमिटेडमा र हाल अरिहन्त मल्टिफाईवर्स लिमिटेडमा गरी ३९ वर्ष देखि सेवा पु¥याउदै आउनु भएको वुढीगंगा गाउपालिका ४ निवासी श्रमिक बम वहादुर सुवेदीलाई प्रदेश नं. १ का समाजिक विकास मन्त्री जीवन घिमिरे र संगठनका अध्यक्ष्ँ भीम घिमिरेले सम्मान पत्र सहित एघार हजार एक सय एघार रुपैया प्रदान गरि सम्मान गर्नु भयो ।

शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ प्रदेश कमिटि नं. १ का अध्यक्ष्ँ किशोर धमला, अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश कमिटि नंं. १ का अध्यक्ष्ँ टिका प्रसाई, लगायत नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस मोरंगका अध्यक्ष्ँ, कार्यकारिणी समिति सदस्य, यस क्ष्ँेत्रका उद्योग÷व्यवसायमा कार्यरत श्रमिक वर्ग, उद्योग संगठन मोरंगका पदाधिकारी, कार्यकारिणी समिति, मोरंग व्यापार संघका अध्यक्ष्ँ लगायत उद्योगी÷व्यवसायीहरुको सहभागिता रहेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.