Websoft University

नेकपाको पाटी एकता ४ गते सम्ममा सम्पन्न हुने


काठमाण्डौ जेष्ठ २ गते । रातो तारा डट कम,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताले पार्टी एकताको बाँकी रहेका काम जेष्ठ ४ गतेसम्ममा सम्पन्न भइसक्ने बताएका छन् । तत्कालिन एमाले सम्वद्ध युवा संघ नेपालको २९ औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेताहरुले पार्टी एकीकरण अब टुंगिने बताएका हुन् । कार्यकर्तालाई सम्बोधन गर्दै नेकपाका महासचिव बिष्णु पौडेलले पर्सी पार्टी एकीकरण टुंगिएको घोषणा हुने बताउनुभएको हो । एक वर्षअघि जेठ ३ गते नै नेकपा एमाले र माओवादीबीच एकीकरण भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेता माधव नेपाल र झलनाथ खनालले पनि जनवर्गीय संगठनको एकीकरण तत्कालै टुंगो लाग्ने बताएका छन् । खनालले जेठ ३ मा केही गरि नसकिएपनि जेठभित्रमा सबै काम सकिने बताउनुभयो । नेकपाका अधिकांश कमिटी एकीरकण भए पनि जनवर्गीय संगठनको एकीकरण बाँकी रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.