शिव भट्टराई मोरङ बैशाख १८ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा नगरपालिकामा जनप्रतिनिधि आएको २ वर्षमा ६ जना प्रमुख प्रशासकिय अशिकृतको सरुवा भएको छ ।
जनप्रतिनिधिको वैचारिक द्वन्द्वका कारण चेपुवामा परि कर्मचारी सरुवा हुने गरेको नगरपालिका जानकारहरु बताउछन । छोटो समयमा धेरै अधिकृतको सरुवा भएको कारणले समेत यहाका विकासका कार्यहरु प्रभावित हुने गरेको स्थानियहरुले गुनासो गरेका छन ।
२०७३ फागुन २७ गते हाजिर भएका शशि राई ०७३ चैत ८ गते नै सरुवा भए । उनले जम्मा १० दिन सुन्दरहरैचा नगरपालिकामा सेवा गरेर बसे ।
२०७३ चैत ९ गते हाजिर भएका भानुभक्त न्यौपाने ०७४ कात्तिक ४ गते सरुवा भए । उनले जम्मा करिब ६ महिना नगरपालिकामा सेवा गरेर बसे । त्यस्तै ०७४ कात्तिक ५ गते हाजिर भएका गणेशराज कार्की पनि फागुन १३ गते सरुवा भए ।
उनले करिब ५ महिना सेवा गरे । जनप्रतिनिधि आउँदा कार्की निमित्त कार्यकारी अधिकृत थिए । जनप्रतिनिधि आएपछि ०७४ फागुन ११ गते जीवनप्रसाद आचार्य प्रमुख प्रशासकीय अधिकृत भएर आए । सात महिना बित्न नपाउँदै उनी पनि सरुवा भए ।
०७५ असोज ६ मा आचार्यको सरुवा भयो । त्यसपछि असोज १० गते राजेन्द्रप्रसाद भट्टराई आएको केही महिना नबित्दै सरुवा भए । उनी गएपछि जिल्ला समन्वय समितिका सचिव रवीन्द्र वस्तीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले । जिल्ला समन्वय समितिमै बसेर उनले सहयोग गरे । हाल सुन्दरहरैचा नगरपालिकामा बेलबारी नगरपालिकामा कार्यरत अधिकृत गणेश प्रसाद दाहाल सरुवा भएर आएका छन ।
नगरपालिकामा नगर प्रमुख काङ्ग्रेसको तर्फबाट निर्वाचित शिव प्रसाद ढकाल छन भने उपमेयर नेकपबाट निर्वाचित धनमाया तामाङ छन ।
नगरपालिकामा काङ्ग्रेस अल्पमतमा छ भने नेकपा बहुमतमा छ । यहि बहुमतका कारण सुन्दरहरैचा नगरपालिकाको हरेक विकासको काममा कहिले काहीँ विवाद आउमे गर्दछ । जनप्रतिनिधिको विवादका कारण यसको असर नगरपालिकामा कार्तरत सम्पुर्ण कर्मचारीमा देखिएको छ भने अधिकृतको सरुवाले विकासका काममा नै असर देखिएको छ ।
Post a Comment