काठमाण्डौ जेष्ठ २ गते । रातो तारा डट कम,संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहितका कानूनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेर्पोल पत्रकार महासंघ आन्दोलित रहेको छ । सञ्चारसम्वद्ध संघसंगठन र सरोकारवाला पक्षसँग छलफल गरी तय गरिएको पहिलो चरणको आन्दोलनका क्रममा जेठ ३ गते काठमाडौंमा संसद वाहिर र
जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित बृहत प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सम्बन्धित पक्षले महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गरी भविष्यमा सरोकारवाला पक्षसँग छलफल र सहमति गरेरमात्र मिडियासम्बन्धी कानुनहरु ल्याउने मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको छ ।
अतः पहिलो चरणको आन्दोलनको अन्तिम दिन भोलि जेठ ३ गते शुक्रबार मध्यान्ह १२ः०० बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि हुने प्रदर्शनमा आ–आफ्ना सञ्चार साधनहरुसहित उपस्थित हुन आम सञ्चारकर्मी, पत्रकार तथा स्वतन्त्रताप्रेमी सबैलाई हार्दिकआह्वान गरिन्छ ।
Post a Comment