Websoft University

भष्ट्रचारको छानविन गर्न इटहरी कांग्रेसको माग



शिव भट्टराई सुनसरी जेठ ११ गते । रातो तारा डट कम,
नेपाली काग्रेस इटहरीले इटहरी उपमहानगरपालिकामा भएको भष्ट्राचारको छानविन गर्न माग गरेको छ । नेपाली काँग्रेस इटहरीले आज पत्रकार सम्मेलन गर्दै विभिन्न बाहनामा भएका भष्ट्राचारको छानविन गर्न माग गरेको हो ।

कर्मचारी मार्फत हुने भष्ट्राचारको छानविन गर्न नेपाली काँग्रेसले माग गरेको छ । नेपाली काग्रेसका नगर सभापति हेमकर्ण पौडेलले इटहरीका मेयरले हर्कत बिरुद्ध चरणबद्ध आन्दोलनमा उत्रने समेत चेतावनी दिनुभयो ।

भष्ट्रचारको नाममा कर्मचारीहरुलाई कानुन विपरीत कुटपिट गरेको प्रति समेत काँग्रेसले ध्यानार्कषण भएको जनाएको छ । मेयरले गरेको तल्लो तहको व्यवहारले इटहरीकै बदनाम भएको यहाँको भनाई रहेको छ ।

नेपाली काग्रेसका तर्फका मेयरका प्रत्यासी तथा नेता रोहित प्रसाईले इटहरी उपमहानगरपालिकामा हुने गरेको भष्ट्रचारको छानविन मेयरले नै गर्नु पर्ने माग गरेका छन । सार्वजनिक रुपमा मेयरले व्यक्ति नै किटान गरी भष्ट्राचार गरेको भनेकाले त्यसको छानविन गर्नुपर्ने माग गर्नुभयो ।

काँग्रेसले सार्वजनिक ठाउँमा पत्रकारहरुलाई गाली गलौज गदै दुब्र्यवहार गरेको प्रति समेत नेपाली काग्रेस इटहरीले आपत्ती जनाएको छ । जनतालाई सुसुचित गर्ने पत्रकारलाई अपशब्द तथा दुब्र्यवहार प्रति काग्रेसले खेत प्रकट गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.