Websoft University

सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता नलिने


काठमाण्डौ जेष्ठ १३ गते । रातो तारा डट कम,सरकारले राष्ट्रिय सभामा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता नलिने अडान दोहो¥याएको छ ।  राष्ट्रिय सभाका अध्यक्षसँगको छलफलमा सरकार प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फिर्ता नलिने अडान दोहो¥याउनुभएको हो । 

उहाँले संसद सचिवालयमा दर्ता भइसकेको विधेयक प्रक्रियाबाटै किनारा लगाउनुपर्ने बताउनुभयो । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका राष्ट्रिय सभा तर्फका दलका नेता सुरेन्द्रराज पाण्डेले विधेयक फिर्ता लिएर सरोकारवालासँग छलफल गरेर मात्र अघि बढाउन आग्रह गरेको बताउनुभयो । 

उहाँले विधेयकमा भएका प्रावधानले दीर्घकालीन असर पार्ने भन्दै चौतर्फी आलोचना भएकाले संसदमा पेस गर्नु अघि नै सरकारले फिर्ता लिएर संशोधन गर्नुपर्नेमा जोड दिएको बताउनुभयो । विधेयकका विषयमा चौतर्फी आलोचना भएपछि कसरी अघि बढाउने भनेर राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सत्तापक्ष तथा विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक र मन्त्री बास्कोटालाई बोलाएर छलफल गर्नुभएको हो । 

उहाँले पहिलो चरणको छलफलमा कुनै निष्कर्ष ननिस्किएकाले फेरी छलफल गर्नुपर्ने बताउनुभएको पाण्डेले जानकारी दिनुभयो । मिडिया काउन्सिल सम्वन्धी विधेयक गत बैशाख २७ गते राष्ट्रिय सभाको विधेयक शाखामा दर्ता भएपनि अझैसम्म प्रक्रियामा अघि बढ्न सकेको छैन ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.