Websoft University

स्वास्थ्य शिविरमा ३ सयभन्दा बढि लाभान्वित


बिराटनगर जेष्ठ ५ गते । रातो तारा डट कम,तेह्रथुमको लालीगुराँस नगपालिकाले बसारमा आयोजना गरेको एक दिने निःशुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविरमा ३ सयजना भन्दा बढिले सेवा लिएका छन् । हिजो भएको शिविरमा ३ सय ५८ जना बिरामीले निःशुल्क विशेषज्ञ सहितको स्वास्थ्य सेवा लिएको नगरपालिकाले जनाएको छ । 

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकको सहयोगमा आयोजीत शिविरमा छाला, स्त्री तथा प्रसुतिरोग, जेनेरल मेडिसिन लगायतका बिरामीको स्वास्थ्य परिक्ष्ँण गरिएको लालीगुरा“स नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शत्रुधन प्रसाद शाहले जानकारी दिनुभयो ।

 शिविरमा मुटुरोग, दम छातिमा समस्या, महिलाको प्रजनन् स्वास्थ्य, पाठेघरको मुखको क्यान्सर, यौन रोग लगायतका बिरामीहरुले स्वास्थ्य सेवा लिएका थिए । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर रोहितको नेतृत्वमा १५ जना विशेष चिकित्सकको टोलीले शिविरमा बिरामीको स्वास्थ्य परिक्ष्ँण गरेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.