बिराटनगर जेठ १० गते । सिरहामा पूर्व झापाबाट काठमाण्डौँका लागि छुटेको ना ८ ख ९८२ नम्बरको प्राइम बस गोरुको साढेलाई जोगाउने क्रममा बिपरीत दिशाबाट जादै गरेको ना.३ ख.४२६४ नम्बरको ट्रक बिच एकआपसमा ठोक्किँदाः २ मृत्यु, २ दर्जनभन्दा बढी यात्रु घाइते भएका
छन् ।
जिल्ला सिरहाको कर्जन्हा नगरपालिका वडा नं.१० प्रयागपूर चौक स्थित दुर्घटना हुँदा बसमा सबार २७ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताए ।
घाइते मध्ये अबस्था गम्भिर रहेका १० जनालाई थप उपचारका लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र विराटनगर पठाईएको इलाका प्रहरी कार्यालय मिर्चैयाका (डीएसपी) खनालले बताए । साथै घाइते मध्ये १७ जनाको फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हा, मंगलम् हेल्थ केयर मिर्चैया उपचार भईरहेको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक बिकु नारायण काशिछवाले बताए ।
मृत्यु हुनेमा जिल्ला झापा जलपल नगरपालिक वडा नं.७ मा घर भएका करिब ४३ वर्षीय मदन कुमार उप्रेतीको उपचारको क्रममा मृत्यू भएको र बसको चालक जिल्ला भोजपुर बस्ने अन्दाजि ४१ वर्षीय हरी रण पहेलीलाई पनि मंगलम् हेल्थ केयर मिर्चैयामा उपचारको क्रममा मृत्यू भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताए ।
Post a Comment