Websoft University

सुन्दरहरैचा-४ का महिलाहरु गुडिया कुशन तालिममा व्यस्त


शिव भट्टराई मोरङ जेष्ठ २ गते । रातो तारा डट कम,मोरंङको सुन्दरहरैंचा वडा नंं ४ द्वारा आयोजना गरिएको १ महिने तालिम अन्तर्गत गुडिया , कुशन तालिममा  वार्डका महिलाहरु निकै व्यस्त भएका छन्।

चैत्र १९ गतेबाट सुरुभएको महिला सीप विकास कार्यक्रमले राम्रो उपलब्धि भइरहेको सुन्दरहरैंचा नगरपालिका वार्ड नं.४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनु भएको छ। सोे तालिममा वडाका ४० जना महिलाहरु सहभागी रहेका छन्।

उक्त तालिम वडाका महिलाहरुलाई आत्मनिर्भर बनाई रोजगारी प्रदान गर्ने उद्देश्यले ल्याइएको श्रेष्ठले बताउनु भएको छ।  उक्त तालिममा पर्वता गुरागाईले प्रशिक्षण दिदै आईरहनु भएको छ।उहाँले आफु अपंगता भएतापनि प्रशिक्षण दिने अवसर पाएकोमा निकै खुसी व्यक्त गर्नुभएको छ।

त्यसैगरी अपांग भएकाहरुकालागि गुडिया कुसन तालिम निकै सहज हुने र यसले आत्मनिर्भर बनाउन सहयोग पुर्याउने  उहाले बताउनु भएको छ। सो वार्डले गत आर्थिक वर्षमा पनि ८४ जनालाई कम्प्यूटर तालिम , मखमलको जुत्ता चप्पल तालिम लगायत बिभिन्न तालिम दिंदै आएको  र आउने दिनहरुमा पनि यस्तै सिप विकास तालिमको आयोजना गर्ने अध्यक्षले बताउनु भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.