सुनसरी/ रातो तारा डट कम, नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो, यो सबैमा जानकारी नै छ । बिश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा लगायत अन्य हिमालहरु साथै विभिन्न प्राकृतिक सौन्दर्यताले भरिएको
छ । याँहाको यस्ता सुन्दर दृश्य हेर्न अथवा अबलोकन गर्न स्थानीय तथा अन्य ठाउँ लगायत विदेशबाट पनि पर्यटकहरु आउने जाने गर्दछन ।
यो प्राकृतिक ताजमहल हेर्दा अतिनै सुन्दर छ । जस्लाई हेर्दा मान्छेले आफ्नै हातले बनाएको कृतिम ताजमहल जस्तो देखिएता पनि वास्तवमा यो प्राकृतिक स्वरुप नै हो । आकाशबाट परेको पानीले भिरको माटो बगाउदा ताजमहलको रुप लिएको स्थानीय बासिन्दाहरुको भनाइ छ ।
हेर्दा ताजमहल जस्तो देखिने भएकाले यसको नाम ताजमहल भनेर स्थानीय नगरपालिका र गाउले मिलेर यसको नाम ताजमहल भनेर नामकरण गरिएको कुरा त्यहाका स्थानिय बताउछन ।
यसको यस्तो स्वरुप २०४२ सालमा भएको हो भने पछिल्लो समय यो ताजमहलमा केहि म्युजिक भिडियोहरु पनि छायांकन भैसकेको छ । फोटो खिच्दै घुम्नको लागि उपयुक्त ठाउ भएता पनि यसको संरक्षणको लागि भने स्थानीय सरकारबाट केहि पहल नभएको स्थानियहरु बताउछन ।
त्यतिमात्र नभई यहाँसम्म आइपुग्न सवारी साधनका लागि पनि उपयुक्त बाटो, खानबस्नको लागि उपयुक्त होटल पनि छैन । यदि सो ठाउलाई पर्यटकिय स्थलको रुपमा रुपान्तरित गर्ने हो भने एउटा गतिलो पर्यटकिय गन्तब्य यो प्राकृतिक ताजमहल बन्न सक्छ ।
Post a Comment