Websoft University

नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान तिब्र


मोहन कुमार राई-जेष्ठ ४ गते । रातो तारा डट कम,
देशव्यापी रुपमा “ नेपाली काँग्रेसले हिमाल पहाड तराई मधेस नेपाली काँग्रेस राट्रिय जागरण” भन्ने मूल नाराका साथ जागरण अभियान सञ्चालन गरे सँगै संखुवासभामा पनि पार्टीले तिव्रताका साथ कार्यक्रम अघि बढाएको छ ।

बैशाख २५ गते नेपाली काँग्रेस पार्टी कार्यालयबाट उद्घाटन गरेको सो कार्यक्रम नगर र गाउँका  ७६ वटै वडाहरुमा ११ दिने जागरण अभियानलाई तिब्रताका साथ अघि बढीरहेको
 छ । जेष्ठ १५ गते सम्म चल्ने पहिलो चरणको जागरण अभियानमा शुक्रबार चैनपुरको ४ र ५ नं. वडाको सयुक्त कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि कुमारबाबु अधिकारीले पार्टीभित्र रहेको आन्तरीक समस्यालाई समाधान गर्दै पार्टीलाई ठूलो आकारको बनाउदै लैजानु पर्छ, वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भैरहेको वताउनुभयो ।

कार्यक्रममा क्षेत्रीय सभापति दीपक कुमार लिम्बु, महासमिति सदस्य ज्ञानबहादुर कार्की, पूर्व माननीय विना पौडेल, जिल्ला कार्यसमिति सदस्य सीता भट्टराई, वीरमान लिम्बू लगायतले वोल्नु भएको कार्यक्रम संयोजक चन्द्र कम्फेले वताउनुभयो । कार्यक्रममा स्थानीय कार्यकर्ता र सर्वसाधरणको गुनासो, राय,सुझाव समेत पेश गरिएको थियो । यसै गरी चैनपुर वडा नं. ३ र वडा नं. १० मा पनि शुक्रबार नै जागरण अभियान सम्पन्न गरेको थियो ।

यसै गरी पाँचखपन नगरपालिकामा पनि नगर स्तरीय जागरण अभियान शुरु गरेको छ । चित्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संयोजक रामबहादुर बस्नेत, सह संयोजक कुमारबाबु अधिकारी , थिरबहादुर राई लगायतले वोल्नु भएको थियो । कार्यक्रममा वडामा जाने अभियानताहरुलाई अभियानका बारमो प्रशिक्षित गराउँदै टोल टोल सम्म पुगेर पार्टीको अभियान सार्थक वनाउन आग्रह गरिएको थियो ।

कार्यक्रममा  नगरको वडा नं.१, ४ र ८ मा जागरण अभियान सम्पन्न भइसकेको छ । वडा नंं १ डिल्ली हाङ्ग राई, वडा नंं ४ मुना पोख्रेल, ८ नंं टेक बहादुर बुढाथोकी वडा संयोजकको रुपमा खटिएको थियो ।  यसै गरी धर्मदेवी नगरपालिकाको वडा नंं ४ र ५ को संयुक्त जागरण कार्यक्रम माम्लिङको याख्या चोकमा भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.